२०८२ भाद्र २ गते सोमवार
बिहीबार भएको राष्ट्रपति निर्वाचनमा पाँच मत बदर भएको छ।
निर्वाचन आयोगले शुक्रबार राष्ट्रपति विद्या भण्डारीलाई बुझाएको प्रतिवेदनमा सो कुरा खुलाइएको हो। बिहीबार भएको निर्वाचनको मत परिणाम तत्काल सार्वजनिक गरिए पनि बदर मतबारे भने निर्वाचन आयोग केही बोलेको थिएन।
श्रोतका अनुसार आयोगले राष्ट्रपति लाई बुझाएको प्रतिवेदनमा मतदानमा उम्मेदवारको नाम र तस्बिर रहेको कोष्टकमा रेजा लगाएर मतदान गर्नु पर्नेमा पाँच मत कोष्टक बाहिर रेजा लगाइएको भेटिएका थिए। निर्वाचनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन्।
उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए। पौडेलले ३३ हजार ८०२ मतभार ल्याए। उनका प्रतिस्पर्धी सुवास नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij