Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली

तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली


  • 5.5K
    Shares

    तीन वर्षे कार्यकालका उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन वर्षे कार्यकालका उपलब्धि आज सार्वजनिक गर्दैछन् ।

    सिंहदरबारको मूल भवनमा सारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्री ओलीले सरकारका उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।

    विसं २०७४ फागुन ३ गते प्रधानमन्त्री ओली दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । 

    सरकारका तीन वर्ष पुगेकै उपलक्ष्यमा भूकम्पपश्चात् पुनर्निर्माण गरिएको सिंहदरबारको मुख्य भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिएका छन् । २०७२ सालको विनाशकारी भूकम्पले सिंहदरबारको पूर्व,उत्तर र दक्षिणतर्फ भवन क्षतिग्रस्त तुल्याएको थियो । प्रबलीकरण प्रविधिबाट पुनर्निर्माण गरिएपछि अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय त्यहीँबाट सञ्चालन हुने थापाको भनाइ छ ।

    सरकारका तीनवर्षे उपलब्धि सार्वजनिक गर्ने सिलसिलामा प्रधानमन्त्री झन्डै ११ महिनापछि सिंहदरबार प्रवेश गर्दै छन् । २०७६ चैतबाट लकडाउन सुरु भएयता प्रधानमन्त्रीले बालुवाटारबाटै काम–कारबाही गर्दै आएका छन् । प्रधानमन्त्री पछिल्लोपटक २०७७ चैत २० गते सिंहदरबार गएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ३ २०७७ सोमवार - ११:११:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij