Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

स्ववियु निर्वाचन: अनेरास्ववियुले तालाबन्दी, तोडफोडजस्ता ध्वंसात्मक गतिविधि नगर्ने (पूर्णपाठ)

स्ववियु निर्वाचन: अनेरास्ववियुले तालाबन्दी, तोडफोडजस्ता ध्वंसात्मक गतिविधि नगर्ने (पूर्णपाठ)


  • 1.9K
    Shares

    स्ववियु निर्वाचन: अनेरास्ववियुले तालाबन्दी, तोडफोडजस्ता ध्वंसात्मक गतिविधि नगर्ने (पूर्णपाठ)
    images

    काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले चैत ५ गते हुने स्ववियु निर्वाचनको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

    शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतका नेताले अखिलको प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

    अनेरास्ववियुले विश्वविद्यालय तथा क्याम्पसहरुमा बन्दरहित सम्मानित क्षेत्रका रूपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजनी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने प्रतिबद्धता जनाएको छ ।

    प्रतिबद्धतापत्रमा भनिएको छ, ‘आन्दोलनका नाममा हुने पदाधिकारी, प्रध्यापक, कर्मचारीमाथि व्यक्तिगत आक्रमण तथा दुर्व्यवहारको विपक्षमा रहने, आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने ।’

    तालाबन्दी, तोडफोडजस्ता गतिविधिले विश्वविद्यालयहरूलाई थिलथिलो पारिरहेको बेला अखिलले उक्त प्रतिबद्धता जनाएको हो ।

    हेर्नुस् प्रतिबद्धता पत्रको पूर्णपाठ

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - १२:१४:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij