Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

काठमाडौँमा आजदेखि दोस्रो अर्थशास्त्री सम्मेलन हुँदै

काठमाडौँमा आजदेखि दोस्रो अर्थशास्त्री सम्मेलन हुँदै


  • 1.5K
    Shares

    काठमाडौँमा आजदेखि दोस्रो अर्थशास्त्री सम्मेलन हुँदै
    images

    दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन फागुन २६ र २७ गते काठमाडौँमा आयोजना गरिने भएको छ। आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गर्न लागेको हो।

    सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव दिइने आयोजकले जनाएको छ।  

    दुई दिने सम्मेलनलाई पहिलो दिन उद्घाटन सत्र र दोस्रो दिन प्राविधिक सत्र गरी विभाजन गरिएको आयोजक संस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

    राष्ट्रिय सभागृहमा शुक्रवार दिउँसो २ बजे सुरु हुने र दोस्रो दिनको कार्यक्रम बिहान ७ बजेदेखि होटल एलो प्यागोडा जमलमा हुनेछ। पहिलो दिनको उद्घाटन सत्रमा एउटा र प्राविधिक सत्रमा १५ वटा समसामयिक विषयमा कार्यपत्र प्रस्तुत हुनेछ। 

    अर्थशास्त्री सम्मेलनमा प्रधानमन्त्रीका साथै पूर्व प्रधानमन्त्रीहरू, पूर्व अर्थमन्त्रीहरू, राजनीतिक पार्टीका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका वर्तमान तथा पूर्व उपाध्यक्षहरू, राष्ट्र बैङ्कका गभर्नर तथा पूर्व गभर्नरहरू, वरिष्ठ तथा उदीयमान अर्थशास्त्रीहरू, कामपा प्रमुख, बैंकर्स एसोसिएसनका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ नेपाल, उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासङ्घका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिलगायतको सहभागिता रहने बताइएको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij