Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता


  • 1.5K
    Shares

    राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबीच सम्झौता
    images

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नागरिक लगानी कोषकाबीचमा सम्झौता भएको छ । सहकार्य, कार्यगत एकता, आपसी सहयोग र दुबै पक्षका बीचमा हुने बिभिन्न किसिमका कारोवारलाई निरन्तरता दिने र दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई थप मजबुत बनाउदै डिजिटल प्रबिधिको प्रयोगमा जोड दिने उद्देश्यले बैंक र कोषबीच सम्झौता भएको हो ।

    सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । 

    कोषले विभिन्न योजनाका सहभागी योगदानकर्ता कार्यालयहरूको योगदान रकम सङ्कलन गर्नका लागि यस अघिदेखि राष्ट्रसेवक कर्मचारीहरूको कर्मचारी बचत बृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई सिजिएएस (Computerized Government Accounting System) प्रणालीबाट सहभागीहरूको कट्टी रकम पठाउंदै आएको छ । 

    सो कार्यलाई निरन्तरता दिदै कोषले विकसित गरेको वेबमा आधारित ईसर्भिस सफ्टवेयरबाट कर्मचारी बचत वृद्धि अवकाश कोष लगायत अन्य कार्यक्रमको योगदान रकम कट्टी गर्ने अन्य संगठित संस्थामा कार्यरत कर्मचारीहरुको फाँटवारी प्रविष्ट गरिसकेपछि सहभागी योगदानकर्ता कार्यालयले सबमिसन नम्बर तथा कार्यालय कोडसहितको पेमेन्ट स्ल्पि र आफ्नो चेक वा नगद राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखाहरुमा पेश गरेको अवस्थामा सम्बन्धित सहभागीको खाताबाट रकम कट्टी गरी सबै बैंक शाखाहरुले सवमिसन नम्बर र कार्यालय कोड प्रयोग गरी नेपाल क्लियरिङ्ग हाउसको बैंक सेन्ट्रल सफ्टवेयर मार्फत बैंकमा रहेको कोषकोे खातामा जम्मा गरिदिनेछन् । 

    यसले गर्दा रकम समयमै जम्मा भई हिसाव मिलान हुने तथा कर्मचारीहरूको खातामा सोझै रकमहरू जम्मा हुने हुँदा सहज हुने विश्वास गरिएको बैंकले जनाएको छ । 

    साथै, सम्पुर्ण सरोकारवाला निकायहरुले पनि यसै प्रबिधिको प्रयोग गरी रकम जम्मा गर्नुहुन समेत अनुरोध गरिएको छ । 

    उक्त कार्यक्रममा कोषका निर्देशक गोपाल घिमिरे र बैंकका भुक्तानी तथा फस्र्यौट विभागका विभागीय प्रमुख ऋषि राम ढकाल, मार्केटिङ विभागका विभागीय प्रमुख अच्युत गौतम, ट्रेजरी विभागका विभागीय उप प्रमुख सरोज कोईराला र प्रबन्धक बिमल जोशिको उपस्थिती रहेको थियो । 

    बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६५ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग, क्यूआर कोड सेवा, पिओएइस सेवा, क्रेडिट कार्ड, डेबिट कोर्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिना चेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाइल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने युएसएसडि मोवाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ११:२८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij