२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँचपछि मात्रै उडान गर्न निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।
प्राविधिकले जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको बताए ।
त्यसपछि प्राधिकरणले जहाजको इन्जिन सुरक्षा जाँचमा उडान भर्न योग्य भए/नभएको परीक्षण नगरेसम्म उडानमा रोक लगाएको हाे ।
यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज उडाउन पाउने छैन। श्री एयरलाइन्सका ८ वटा जहाज छन्।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij