Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

२६ कम्पनीको आईपीओ पाइपलाइनमा, यी हुन् सेयर जारी गर्ने कम्पनीहरु

२६ कम्पनीको आईपीओ पाइपलाइनमा, यी हुन् सेयर जारी गर्ने कम्पनीहरु


  • 2.4K
    Shares

    २६ कम्पनीको आईपीओ पाइपलाइनमा, यी हुन् सेयर जारी गर्ने कम्पनीहरु

    विभिन्न क्षेत्रका २६ कम्पनी सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्ड पुगेका छन्।

    बोर्डमा २६ कम्पनीले १५ अर्ब ३० करोड ३७ लाख रुपैयाँबराबरको ८ करोड २७ लाख कित्ता आईपीओले निष्काशनको लागि निवेदन दिएका हुन्। बोर्डको अनुमति पर्खिरहेका २६ कम्पनीमध्ये २ वटाले बुक बिल्डिङ विधिमार्फत र ५ वटाले प्रिमियम मूल्यमा सेयर निष्काशनको तयारी गरेका छन्।

    सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएका छन्। दुवैले सुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्काशन गर्नेछन्।

    त्यस्तै सर्वोत्तम सिमेन्टले सुरुमा २४ लाख कित्ता आईपीओ निष्काशनको तयारी गरेको छ। कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ। कम्पनीले धितोपत्र बोर्डमा २०७९ असार २८ गते आवेदन दिएको हो। तर, अहिलेसम्म आईपीओ निष्काशन प्रक्रियाले पूर्णता पाउनसकेको छैन।

    यस्तै रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्काशन गर्ने योजना बनाएको छ। कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्काशन गर्ने तयारी गरेको हो। यसको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल नै छ। कम्पनीले बोर्डमा २०७९ असार ३१ गते आवेदन दिएको हो।

    यी हुन् प्रिमियममा सेयर जारी गर्न लागेका कम्पनी 

    यस्तै सोनापुर मिनरल्स एन्ड आयल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, भगवती हाइड्रोपावर, मान्डु हाइड्रोपावर र घोराही सिमेन्टले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको तयारी गरेका छन्।

    सोनापुर मिनरल्स एन्ड आयल्सले ३ अर्ब २ करोड १५ लाख २२ हजार ६२३ रुपैयाँबराबरको १ करोड २३ लाख २ सय कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ। 

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २२५ रुपैयाँमा स्थानीयबासी र कर्मचारीका लागि आईपीओ निष्काशनको तयारी गरेको छ।

    त्यस्तै, सर्वसाधारणलाई १४९ रुपैयाँ ८४ पैसा प्रिमियम थपेर २४९ रुपैयाँ ८४ पैसामा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो।

    रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ। यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो।

    भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ।

    कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको छ। यसको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

    मान्डु हाइड्रोपावर कम्पनीले ४० करोड ५८ लाख १९ हजार ७६० रुपैयाँको १६ लाख ३६ हजार ३७० कित्ता सेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४८ रुपैयाँ प्रिमियम थपेर स्थानीय र सर्वसाधारणलाई २४८ रुपैयाँ प्रतिकित्ताका दरले सेयर निष्काशन गर्ने भएको छ। यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल हो।

    घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्काशन गर्ने भएको छ।

    कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्काशन गर्ने भएको छ। सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्काशन गरिने भएको छ। कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

    बोर्डको पाइपलाइनमा रहेका २६ मध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी छन। पाइपलाइनमा रहेक कम्पनीमा १२ वटा जलविद्युत कम्पनी छन। त्यस्तै २ वटा बिमा कम्पनी र ४ वटा उत्पादनमूलक कम्पनी छन।

    आईपीओ निष्काशनको पाइपलाइनामा रहेका कम्पनी

    स्रोत : धितोपत्र बोर्डस्रोत : धितोपत्र बोर्ड

    प्रकाशित मिति :फाल्गुण २६ २०७९ शुक्रवार - ०८:२६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij