Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक सरुवाका लागि १ लाख घुसलिएका शिक्षा अधिकृत पौडेल पक्राउ

शिक्षक सरुवाका लागि १ लाख घुसलिएका शिक्षा अधिकृत पौडेल पक्राउ


  • 7.6K
    Shares

    शिक्षक सरुवाका लागि १ लाख घुसलिएका शिक्षा अधिकृत पौडेल पक्राउ

    ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् । शिक्षक सरुवा गर्न सहजिकरण गरिदिए वापत १ लाख घूससहित पक्राउ परेका हुन ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गर्दै ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घुससहित नियन्त्रणमा लिइएको जनाएको छ ।

    पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको निवेदनका आधारमा अख्तियार अनुसन्धान आयोगको टोलीले १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएर उनीमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।

    unnamed-5-738x1024.jpg

    प्रकाशित मिति :फाल्गुण २५ २०७९ बिहिवार - २१:४४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij