२०८२ मंसिर ५ गते शुक्रवार
गण्डकीमा कांग्रेस (माओवादी सांसदले नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
कांग्रेस नेतृत्वमा सरकार बनाउन गृहकार्य सुरु गरेका हुन् ।
फागुन १९ गते राष्ट्रपति निर्वाचनलाई लिएर ‘क्लोज क्याप’ गरिसकेका गण्डकीका कांग्रेस माओवादी सांसदहरूले उपराष्ट्रपति निर्वाचन लगत्तै नयाँ सरकार बनाउने तयारी थालेका हुन् । एक माओवादी सांसदका अनुसार २५ गते राष्ट्रपति निर्वाचन लगत्तै सङ्घमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने र चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइनेछ ।
सङ्घबाट अहिले नै विश्वासको मत फिर्ता लिने निर्देशन आएको छैन । राष्ट्रपति निर्वाचनका लागि काठमाडौँ जाँदैछौँ । राष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र यसलगत्तै आगामी कदम चाल्ने हाम्रो तयारी छ,’ ती सांसदले भने ।
मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको सरकार ढल्ने सुइँको पाएसँगै प्रदेशसभाको हिउँदे अधिवेशन नै अन्त्य गरेका छन् । केन्द्रमा फेरिएको राजनीतिक समीकरणसँगै प्रदेश सरकारसमेत ढल्ने आशङ्का भइरहेका बेला चालु अधिवेशन अन्त्य गरिएको थियो ।
तर, माओवादी—कांग्रेसले विशेष अधिवेशन बोलाएर नयाँ सरकार गठन गर्ने तयारी गरेका हुन् । यसका लागि एक चौथाइ सांसदले गण्डकी प्रदेशसभा सचिवालयमा लिखित निवेदन पेस गर्न सक्छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij