२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।
पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ। उसले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो ।
काठमाडौंबाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ ।
आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो । योगेश भट्टराईले दिएको जानकारीअनुसार प्रतिनिधि सभा विघटन सच्याउन तेस्रो चरणमा आन्दोलन गर्न लागिएको छ ।
संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको उनको भनाइ छ । यसअघि गरिएका आन्दोलन सफलतापूर्वक समापन भएको पनि नेकपाको उक्त समूहले जनाएको छ ।
फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए ।
फागुन ७ मा सबै वडामा विरोध गर्ने उनले जानकारी दिए । फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij