२०८२ भाद्र २ गते सोमवार
नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल)द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका प्रक्रिया अघि बढेको छ। एमसीसीद्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो ।
धादिङ, पाल्पा र तनहुँ जिल्लाभित्र पर्ने विद्युत् प्रसारण लाइनको टावरको जग निर्माण प्रयोजनका लागि आयोजनालाई आवश्यक पर्ने जग्गा प्राप्त गर्ने जारी सूचनामा उल्लेख छ । यसका लागि विभिन्न नगरपालिका र गाउँपालिका र वडाहरूमा पर्ने जग्गाहरू प्राप्त गर्न जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६९१० अनुसार यो प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको जानकारी दिएको छ ।
जग्गा प्राप्ति ऐन, २०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने हुनाले उक्त क्षेत्रमा जग्गाको नाप जाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्ने प्रयोजनको लागि सूचना जारी भएको तीन दिनपछि प्राविधिकसहितको टोली खटी आउने जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij