Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोलि दर्ता हुने

प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोलि दर्ता हुने


  • 2.6K
    Shares

    प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोलि दर्ता हुने
    images

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिए पछि दुई वर्ष पछि अर्थात् आइतबार रिट दर्ता गरिन लागेको हो ।

    २०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन ।

    दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए । सोही रिटमा सुनवाइ गर्दै न्यायधीशद्धय कार्की र फुयाँलले मुद्दा दर्ता गर्न आदेश दिएका छन् ।

    शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट दर्ता गरिने अधिवक्ता आरणले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

    प्रकाशित मिति :फाल्गुण २० २०७९ शनिवार - ०७:१६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij