२०८२ भाद्र ७ गते शनिवार
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतमा भइरहेको सुनुवाईको क्रममा आइतबारदेखि निवेदक पक्षले जवाफी बहस सुरु गर्दैछ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि सर्वोच्चमा संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ ।
गएको माघ ४ गतेदेखि जारी विषय केन्द्रित बहस अन्तर्गत सुरुका दुई हप्ता १३ निवेदकका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।
त्यसपछिको दुई हप्ता सरकारका तर्फबाट वकिलहरुले प्रतिरक्षा बहस गरेका थिए । प्रतिरक्षा बहसको क्रममा उठेका प्रश्नहरुको जवाफ निवेदकका तर्फबाट वकिलहरुले आइतबारदेखि दिन थाल्ने छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वलिकहरुलाई जवाफी बहस सकेसम्म छोटो गर्न भनेका छन् ।
निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले प्रतिनिधिसभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नरहेको र विघटन संविधान विपरित रहेको दाबी गरेका छन् ।
तर प्रतिरक्षा बहसको क्रममा सरकार पक्षीय वकिलहरुले प्रधानमन्त्रीसँग निहित अधिकारका आधारमा प्रतिनिधिसभा विघटन गरेका कारण संविधान संवत रहेको जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij