Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

दलका प्रतिनिधिलाई निर्वाचन आयोगले बोलायो, आचारसंहिता तयार हुँदै

दलका प्रतिनिधिलाई निर्वाचन आयोगले बोलायो, आचारसंहिता तयार हुँदै


  • 4.8K
    Shares

    दलका प्रतिनिधिलाई निर्वाचन आयोगले बोलायो, आचारसंहिता तयार हुँदै
    images

    काठमाडौं । आज निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे छलफल गर्न सबै दलका प्रतिनिधिहरुलाई बोलाएको छ ।

    आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई छलफलका लागि बोलाएको छ ।

    आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

    दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ ।

    प्रकाशित मिति :फाल्गुण २ २०७७ आइतवार - ११:३६:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij