Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

अब प्रदेश लोकसेवा आयोगको आवेदन र शुल्क पनि नागरिक एपबाटै

अब प्रदेश लोकसेवा आयोगको आवेदन र शुल्क पनि नागरिक एपबाटै


  • 2.5K
    Shares

    अब प्रदेश लोकसेवा आयोगको आवेदन र शुल्क पनि नागरिक एपबाटै

    अब प्रदेश लोकसेवा आयोगको आवेदन समेत नागरिक एपबाटै दिन सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले देशका सातै प्रदेशका लोक सेवा आयोगलाई नागरिक एपमा आवद्धताका लागि पत्राचार गरेको हो ।

    ४ फागुनमा गरिएको पत्राचारमा अनुसार नागरिक एपमा सम्पूर्ण प्रदेश लोकसेवा आयोगका भर्ना प्रणालीलाई अन्तर आवद्धता गर्न एपीआई माग गरिएको छ । केन्द्रका अनुसार अबको एक महिनाभित्र सातै प्रदेशका लोकसेवा आयोगको भर्ना प्रणालीलाई नागरिक एपमा आवद्ध गरिसक्ने अपेक्षा गरिएको छ ।

    त्यससँगै नागरिक एपबाटै लोकसेवाको आवेदन दिन, त्यसको भुक्तानी गर्न र प्रवेश-पत्र डाउनलोड गर्न सकिनेछ । यस बाहेक मास्टर आईडीको आधारमा प्रोफाइल लिङ्क गर्ने लगायतका सुविधा समेत नागरिक एपमा  थपिनेछन् ।

    नागरिक एपमा यो सुविधा  थप भएपश्चात लोकसेवामा आवेदन दिन चाहने उम्मेदवारले बनाएको एउटै प्रोफाइलको आधारमा अन्य प्रदेशमा समेत आवेदन दिन सकिनेछ । तर हाल भने प्रत्येक प्रदेश लोकसेवामा छुट्टाछुट्टै प्रोफाइल तयार पार्नुपर्ने बाध्यता रहेको छ । संघीय लोकसेवा आयोग भने यस अघि नै नागरिक एपमा आवद्ध भइसकेको छ । 

    प्रकाशित मिति :फाल्गुण १५ २०७९ सोमवार - ११:१६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij