Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य

धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य


  • 2.8K
    Shares

    धनुषाको राजदेवी मन्दिरबाट मूर्ति र गहना चोरी, सीसीटीभी क्यामेरामा देखियो यस्तो दृश्य
    images

    जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा रहेको प्रसिद्ध राजदेवी मन्दिरबाट चाँदीको मूर्ति र गहना चोरी भएको छ ।

    मन्दिरबाट राजदेवी माताको मूर्ति, थाल, गहना, मुकुटलगायत चाँदीका सबै समान चोरिएको हो । शनिबार मध्यरातमा मन्दिरपछाडिबाट पसेका चोरहरूले मूर्तिलगायतका समान चोरेर लगेको पुजारी धिरज यादवले जानकारी दिए ।

    1.jpg

    हतियारसहित आएका चोरहरूले मन्दिरमा जडित सीसीटीभी क्यामेराको तारसमेत काटेका छन् । मन्दिरबाट चोरी गरिरहेको भिडिओ भने क्यामेरामा कैद भएको छ । भिडिओमा चोरहरूले अनुहार छोपेको देखिन्छ ।

    पूजारी यादवका अनुसार मूर्तिसहितका सबै समान करिब साढे तीन किलो चाँदीको थियो । मन्दिर र सीसीटीभी पनि तोडफोडका कारण क्षति बढेको छ ।

    यस मन्दिरबाट यसअघि चार पटक मूर्ति चोरी भइसकेपनि प्रहरीले अहिलेसम्म एकजनालाई पक्राउ गर्न सकेको छैन । पुजारी यादवले प्रहरीको कमचोरीकै कारण पटकपटक चोरी भएको आरोप लगाए ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - ११:५५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij