Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, राजीनामा कसले माग्यो ?

मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, राजीनामा कसले माग्यो ?


  • 2.2K
    Shares

    मेयर बालेन र सचिवालयको मोबाइल स्वीचअफ, राजीनामा कसले माग्यो ?
    images

    काठमाडौं । मेयर बालेन्द्र शाहको ट्वीटर ह्याण्डलबाट शनिबार दिउँसो एउटा ट्वीट सार्वजनिक भयो । ट्वीटमा लेखिएको छ, मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् । यो देश कहिल्यै पनि बन्दैन ।

    उनको यो ट्वीटले उनी राजीनामा गर्ने परिस्थितीमा पुगिसकेको देखिन्छ । नयाँ राष्टपति निर्वाचनका लागि मनोनयन दर्ताले राजनीतिक गर्मी बढिरहेका बेला मेयर बालेनको यस्तो भनाई सार्वजनिक भएको हो ।

    तर उनले त्यसपछि थप कुनै प्रतिक्रिया दिएका छैनन् । मेयर बालेनको मोबाइल पनि स्वीचअफ भएको छ । उनको सचिवालय सदस्यहरुको मोबाइलस्वीच समेत अफ गरिएको छ ।

    महानगरपालिकाका एक कर्मचारीले भने मेयर बालेनको ह्याण्डलबाट सार्वजनिक अभिव्यक्ति दुरुपयोग भएको हुनसक्ने आँकलन गरेका छन् । उनले मेयर शाहले अहिले राजीनामा दिनुपर्ने गरि परिस्थिती विकसित भएको मशसुस नगरेको बताए ।

    उनले भने, मेयरसाब सामाजिक संजालबाट चर्चामा आउन रुचाउनु हुन्छ । उहाँ आफैँले पनि आवेगमा लेखेको हुनसक्छ । 

    प्रकाशित मिति :फाल्गुण १३ २०७९ शनिवार - २०:२०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij