२०८२ माघ ७ गते बुधवार
आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेर एमालेले उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी दर्ता गराएको हो।
संवैधानिक व्यवस्था अनुसार पाँच जना प्रस्तावक र समर्थक राखेर एमालेले नेम्वाङको उम्मेवदारी दर्ता गराएको हो। शनिबार बिहान मात्रै पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
गत १० पुसको सम्झौता अनुसार राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएको एमाले नेताहरूले बताएका छन्। एमालेले राष्ट्रपति निर्वाचन अघि सरकार नछाड्ने निर्णय पनि गराएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij