Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने आठ दलको निर्णय

कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने आठ दलको निर्णय


  • 3.1K
    Shares

    कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा जिताउने आठ दलको निर्णय

    राष्ट्रपति निर्वाचनका लागि सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठक सकिएको छ।

    बैठकले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा अघि सार्ने निर्णय गरेको छ। 

    नेकपा (एकीकृत समाजवादी) उपाध्यक्ष प्रकाश ज्वालाले बैठकबाट कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवारमा समर्थन गर्ने निर्णय गरेको जानकारी दिए।

    ज्वालाले उपराष्ट्रपतिको उम्मेदवारबारे कुनै कुरा नभएको बताए। उनले दलहरुले आ–आफ्नो दाबी पेश गरेपनि संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपति दिन आठ दल एक भएको बताए।

    उनले एकीकृत समाजवादीले के लिने भन्नेबारे अहिले कुरा भइनसकेको जानकारी दिए।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - २०:३४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij