Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

झलनाथ खनालको स्वास्थ्य परीक्षण दिल्लीको अपोलो अस्पतालमा

झलनाथ खनालको स्वास्थ्य परीक्षण दिल्लीको अपोलो अस्पतालमा


  • 7.4K
    Shares

    झलनाथ खनालको स्वास्थ्य परीक्षण दिल्लीको अपोलो अस्पतालमा

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएका छन् । श्रीमतीसहित शुक्रबार बिहान दिल्ली उडेका खनाल शुक्रबार नै अपोलो अस्पतालमा पुगेका हुन् ।

    नेता खनाललाई भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् । 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेतासमेत रहेका खनाल दिल्लीको अपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । सोही क्रममा शुक्रबार बिहान उनी दिल्ली उडेका हुन् । 

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - २१:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij