Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत

कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत


  • 1.7K
    Shares

    कामपा कार्यपालिकाद्वारा ३ वटा कार्यविधि र एउटा निर्देशिका स्वीकृत
    images

     काठमाडौँ महानगरपालिका (कामपा) को कार्यपालिकाले ३ वटा कार्यविधि र एउटा निर्देशन स्वीकृत गरेको छ । फागुन ११ गते महानगरपालिका प्रमुख (मेयर) बालेन्द्र शाहको अध्यक्षमा बसेको १३ औँ कार्यपालिका बैठकले ‘मैतीदेवी मन्दिर व्यवस्थापन कार्यविधि २०७९’, ‘हाँडीगाउँ संस्कृति संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि २०७९’ र ‘सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गरेको हो ।

    यस्तै सोही कार्यपालिका बैठकले ‘बाह्य विज्ञापन नियमन निर्देशिका २०७९’ समेत स्वीकृत गरेको छ । बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले मस्यौदामा भएको व्यवस्था जानकारी गराउँदै स्वीकृत गर्न पेस गरेका थिए । बैठकले पशुपक्षी सेवा विधेयक, व्यवसाय दर्ता, नवीकरण तथा नियमन सम्बन्धी कार्यविधि, जनस्वास्थ्य ऐन, राजस्व सङ्कलन तथा परिचालन तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको छ ।

    फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने हेल्दी सिटीज समिट इन लण्डन कार्यक्रममा प्रमुख शाहको नेतृत्वमा भाग लिन जाने बैठकले निर्णय गरेको छ । बैठकले वडा कार्यालयको सुरक्षाका लागि नेपाल प्रहरीसँगको सहकार्यमा चौकीदार करारमा लिने, संस्कृति विश्वविद्यालय र हाँडीगाउँमा रहेको जग्गा लिजमा लिएर उपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १४:१०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij