Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै

नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प सञ्चालन हुँदै


  • 1.4K
    Shares

    नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएसको माइलेज क्याम्प  सञ्चालन हुँदै
    images

    टिभीएस स्कुटर तथा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालभरका ३० मुख्य शहरहरुमा टिभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।

    यस माइलेज क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज र्याली जस्ता विभिन्न कार्यक्रमहरु गरिएको थियो । यस माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरहरुलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शत प्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मान पत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने पनि कम्पनीले जनाएको छ । 

    माइलेज क्याम्पको बारेमा बोल्दै जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवालले भन्नुभयो,“यो माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य हाम्रा ग्राहकहरुसंग भेटघाट र अन्तर्कृया गर्नु हो जसमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । हाम्रा उत्पादनहरुले हाम्रा ग्राहकहरुलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ ।”  

    यस माइलेज क्याम्पमा अहिलेसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेका छन् । यस माइलेज चेक अप क्याम्पमास्कुटर चेक अप गराएपछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशी भएको सहभागिहरुको प्रतिकृया रहेको छ । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।

    Pic 3.jpeg

    Pic 1.jpeg

    Pic 2.jpeg

    प्रकाशित मिति :फाल्गुण १२ २०७९ शुक्रवार - १४:०३:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij