२०८२ मंसिर ५ गते शुक्रवार
काठमाडौंको भृकुटीमण्डमा ‘आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो’ सुरु भएको छ । बिहीबारदेखि सुरु एक्स्पो ४ दिनसम्म चल्ने छ । एक्स्पोको शहरी विकास मन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका हुन्।
मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले व्यवासाय प्रवर्द्धन र ब्राण्डिङमा एक्स्पो उपयोगी हुने बताए । उनले व्यवासायीको मनोबल बढाउन र मेलामार्फत आआफ्नो ब्राण्डको चिनारी दिँदै सेवा प्रभावकारीता बनाउन सहयोग हुने पनि बताए ।
निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूबारे एकै ठाउँमा जानकारी दिने गरी नेपालकै ठूलो निर्माणसम्बन्धी मेला आयोजना भएको छ ।
यो मेलाले नयाँ प्रविधिको जानकारी दिने, व्यवसाय प्रवर्द्धन गर्ने र सम्बन्धित कम्पनी तथा यसका उत्पादनको ब्राण्डिङ गर्ने उद्देश्य लिएको छ । विश्वभर चलेका ब्राण्ड र यसका उत्पादनको जानकारी मेलाले दिने छ । मेलामा निर्माण क्षेत्रका इन्जिनियर, प्राविधिक, निर्माण गर्न चाहेका आम नेपालीसहितको सहभागिता उल्लेख्य हुने छ ।
यो मेलामा आउनेले केही नयाँ उत्पादन वा कम्पनीबारे सिक्ने, नयाँ प्रयोगप्रति प्रोत्साहन मिल्नेदेखि विदेशी कम्पनी र यसका उत्पादनको प्रयोग गर्न सक्ने छन्।



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij