Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

हरेक दिन बालुवाटारमा मधेशी नेतालाई मेजमान, मधेश कब्जा गर्न किन तल्लिनछ ओलीको ध्यान ?

हरेक दिन बालुवाटारमा मधेशी नेतालाई मेजमान, मधेश कब्जा गर्न किन तल्लिनछ ओलीको ध्यान ?


  • 6.1K
    Shares

    हरेक दिन बालुवाटारमा मधेशी नेतालाई मेजमान, मधेश कब्जा गर्न किन तल्लिनछ ओलीको ध्यान ?
    images

    काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी शुक्रवार पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहमा प्रवेश गरे । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा शुक्रवार हवारीलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।

    यसअघि माघ २० गते जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा। शिवजी यादव जसपा परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।

    साविकमा नेकपा एमालेमा रहेका उनी २०६३ सालको मधेश आन्दोलनताका मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए।
    दोस्रो संविधान सभामा उनी संघीय समाजवादी फोरम पार्टीका तर्फबाट समानुपातिक सांसद हुँदै प्रमुख सचेतक समेत बनेका थिए।

    म​होत्तरीबाट राजनीति गर्दै आएका यादवले जसपा पार्टीको रूपमा नभएर एउटा प्राइभेट कम्पनीको रूपमा रूपान्तरित हुँदै गएकाले नेकपामा प्रवेश गरेको बताए । अचेल प्रधानमन्त्री ओलीले  दैनिक बिहान बिहान मधेसी नेतालाई बालुवाटार बोलाएर फकाउने गरेका छन्। 

    "राजपा र संघीय समाजवादी मिलेर जसपा बने पनि पार्टी बन्न सकेको छैन," यादवले भने, "जातजातको माइजन जस्तै ९ जना नेताले ९ वटा जातिको नेतृत्व गरेर बसेको अवस्था छ । आन्दोलन, क्रान्तिलगायतका एजेन्डा प्राथमिकतामा पर्नुको साटो व्यक्तिगत स्वार्थ र पारिवारिक स्वार्थ मात्र हावी भएको छ ।"

    अदालतको फैसलापछि निर्वाचन भयो भने जसपा विभाजन हुने र नेताहरू आफ्नो पृष्ठभूमि जोडिएका पुरानै दलमा फर्किने उनको अनुमान छ ।  त्यसअघि जसपाकै अर्का केन्द्रीय सदस्य हाकिम राइन पनि ओली समूहको नेकपामा प्रवेश गरेका थिए।

    प्रतिनिधि सभा निर्वाचनका क्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट राजेन्द्र महतो निर्वाचित हुँदा राइनलाई समानुपातिक उम्मेदवार बनाइएको थियो तर सूचीमा नाम पछाडि रहेका कारण सांसद भने बन्न सकेनन् । 

    पछि २ नम्बर प्रदेशको सरकारका सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडीले उनलाई प्रदेश अस्पताल जनकपुरको व्यवस्थापन समिति सदस्यमा नियुक्त गरेका थिए। तर, उनी त्यो पद तथा जसपाको केन्द्रीय सदस्यबाट राजीनामा गरेर ओली समूहको नेकपामा प्रवेश गरे ।

    "जसपा परित्याग गरी नेकपा ओली पक्षमा प्रवेश गरेको जानकारीसँगै विगतमा राजपा र अहिलेको जसपा नेपालबाट राजीखुशी राजीनामा गरेको जानकारी गराउँदै सहयोग गर्नुभएका सम्पूर्ण नेताहरूलाई हृदयदेखि आभार तथा धन्यवाद दिँदै यो राजीनामा पेश गरेको छु," राइनले जसपा अध्यक्षलाई २०७७ पुष २७ गते दिएको लिखित राजीनामा पत्रमा उल्लेख छ। 

    त्यसैगरी उनले सोही दिन नै सामाजिक विकास मन्त्रालयद्वारा प्रादेशिक अस्पताल जनकपुरको  सञ्चालन तथा व्यवस्थापन समितिको सदस्य पदको जिम्मेवारी दिएकोमा राजपा परित्याग गरी नेकपामा प्रवेश गरेको हुनाले नैतिकताले सो पदमा बस्न नसक्ने भएकाले सो पदबाट राजीनामा गरेको जानकारी सहितको पत्र सामाजिक विकास मन्त्रालयमा बुझाएका थिए ।

    मधेश आन्दोलनको अगुवाई गर्ने मधेश अधिकार संघर्ष समिति ९मास०का संयोजक सरोजकुमार मिश्र पनि जसपा परित्याग गरेर ओली समूहको नेकपा प्रवेश गरेका छन्।

    संविधान बन्दै गरेका बेला संविधानको प्रारम्भिक मस्यौदा लिएर जनकपुरमा छलफल गर्न पुगेको सभासदको टोलीलाई कालोझण्डा देखाउने सहितका आन्दोलनको अगुवाइ मिश्रले गरेका थिए ।

    संविधान सभाकालमा तत्कालीन प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, सुशील कोइराला तथा संविधान निर्माणपछिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुर जाँदा कालोझण्डा देखाउनेमा पनि उनी नै अग्रपंक्तिमा हुन्थे ।

    अहिले आएर उनी नेकपा ओली समूहमा प्रवेश गरेका छन् ।

    ओली समूहले प्रदेश २ का विभिन्न स्थानमा आमसभा गर्ने बेलामा सयौंको संख्यामा युवाहरू ओली समूहमा प्रवेश गरिरहेका छन् । प्रवेश गर्नेहरूमध्ये अधिकांश जसपामा आवद्ध नेतारकार्यकर्ता नै रहने गरेको राष्ट्रिय युवा संघका उपाध्यक्ष सञ्जीवकुमार झा "सुरज"ले बताए ।

    प्रदेश २ मा जसपाका नेता तथा प्रभावशाली युवाहरूलाई ओली समूहमा प्रवेश गराउन सुरजले भूमिका निर्वाह गर्दै आएका छन्।

    जसपाका असन्तुष्ट नेता र युवा कार्यकर्तासँग सम्पर्क गर्दै पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र प्रधानमन्त्री ओलीसँग सिधा सम्पर्क गराएर पार्टी भित्र्याउने उनको अहिलेको मुख्य जिम्मेवारी हो ।

    सप्तरीमा भएको सभामा १ हजार, सिरहामा भएको सभामा २५ सय, धनुषामा भएको सभामा १ हजार जति युवालाई पार्टी प्रवेश गराएको दाबी सुरजले  गरे ।

    जसपाका निवर्तमान ९ सांसद र १३ जना केन्द्रीय सदस्य पार्टी प्रवेश गर्ने टुंगो लागिसकेको दाबी उनले गरे ।

    संकटमा जसपा

    विभिन्न पार्टीहरू मिलेर देशको वैकल्पिक शक्ति बन्ने भनेर बनेको जसपामा अहिले तीव्र संकट उत्पन्न भएको छ ।

    खास गरेर साविकको राजपा र साविकको समाजवादी पार्टीबीच समायोजनको काम सम्पन्न नभएका कारण पनि समस्या आएको हो । जसपाभित्र अहिले पनि पुरानै विभिन्न पार्टीहरू गुटको रूपमा क्रियाशील नै छन् ।

    जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी सदस्य मनिषकुमार सुमनले पनि पार्टी एकतापछिको समायोजनको काममा भएको ढिलासुस्तीका कारण केही कार्यकर्ता अन्यौलग्रस्त रहेको स्वीकार गरे ।

    "विभिन्न पार्टी मिलेर परम्परागत शक्तिको विकल्पमा बनेको वैकल्पिक पार्टीभित्र समायोजनलाई लिएर एकरदुई प्रतिशत कार्यकर्ताहरू असन्तुष्ट वा अन्यौलमा छन्," सुमनले  भने, "तर, पद वा अन्य प्रलोभनका आधारमा जसपाभित्र रहेका केही लोभीपापी कार्यकर्ता मात्र ओली समूहमा लागेका छन् ।"

    केही नेतारकार्यकर्ता ओली समूहको नेकपामा जाँदा पार्टीलाई कुनै असर नपरेको बरु पार्टी शुद्धीकरण भएको दाबी उनले गरे ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १६:०६:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij