Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

काठमाडौँ उपत्यकामा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने

काठमाडौँ उपत्यकामा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने


  • 1.8K
    Shares

    काठमाडौँ उपत्यकामा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने
    images

    काठमाडौँ । काठमाडौँ उपत्यकामा प्रति घण्टा ५० किलोमिटर भन्दा बढीको स्पिडमा गाडी गुडाउन नपाइने भएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलङ्की-कोटेश्‍वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै कोटेश्‍वर-भक्तपुर सडक खण्डमा पनि प्रति घण्टा ५० किलोमिटर गति तोकिएको छ । उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सिमाना बोर्डहरू समेत राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १६:५९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij