२०८२ मंसिर ५ गते शुक्रवार
मिथिला मध्यमा परिक्रमा यात्री महोत्तरीको मटिहानी पुगेका छन्। पन्ध्रदिने धार्मिक तथा ऐतिहासिक पद यात्रा मिथिला मध्यमा परिक्रमा अन्तरगत चौंथो दिन महोत्तरीको मटिहानी पुगेको हाे।
सोमबारबाट सुरु भएको मिथिला मध्यमा परिक्रमा चौथो दिन मटिहानी पुगेको हो। बुधबार भारतको कल्नाबाट फुलहर एवं गिरीजास्थान पुगेर रात्रि विश्राम गरेका परिक्रमा यात्री मटिहानी पुगेका हुन्।
यस अवसरमा मटिहानी नगरपालिकाले आज परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक विदा दिएको छ। भोलि मटिहानीबाट जलेश्वर जाने भएकाले जलेश्वर नगरपालिकाले समेत शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत नेपालको १०७ किलोमिटर र भारतको २६ किलोमिटर गरी १३३ किलोमिटर पदयात्रा गरिन्छ। मिथिला मध्यमा परिक्रमाका यात्री महोत्तरीको कञ्चनवन पुगेपछि मिथिलामा औपचारीक रुपमा होली पर्व सुरु हुन्छ।


© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij