Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकामा ओलीको असन्तुष्टि

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकामा ओलीको असन्तुष्टि


  • 1.6K
    Shares

    ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकामा ओलीको असन्तुष्टि
    images

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज फागुन ११ गते आफ्नो जन्मदिन मनाइरहेका छन् । नेता ओलीका जन्मदिन पारेर बालकोट, भक्तपुरस्थित उनको निवासमा शुभकामना दिनेहरुको भिड लागेका छ ।

    यसैबीच, आफ्नो जन्मदिनको अवसर पारेर उनकै निवासमा आयोजित एक कार्यक्रममा नेता ओलीले सरकारले गत फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

    अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताएका हुन् ।

    ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेता ओलीले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए ।

    प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि हिंसाको महिमा वर्णन गर्नु पर्यो ? भनि प्रश्न समेत गरे । नेता ओलीले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताए ।

    एमाले अध्यक्ष ओलीको भनाइ छ– ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिले कै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ । जुन कुरा चाहीँ सही होइन । सरकारले किन त्यो गर्यो ? आकास्मिक रुपमा त्यो किन गर्नुपर्यो ? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरि त्यसको महिमा मण्डन गर्नु पर्यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झीसम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएकोजस्तो मात्रै लाग्छ मलाई । जे होस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन । नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्विकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन ।’

    त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल हिंसाको पक्षमा हुनै नसक्ने बताए । नेपाली जनतामा परस्परमा लड्ने/लडाउने कुरा कहिल्यै पनि स्वीकार्य हुन नसक्ने उनको भनाई थियो ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - १३:३८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij