Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन

नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन


  • 2.0K
    Shares

    नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन
    images

    नेपालको पहिलो रक गायक माइक (मुकुन्द) खड्काको निधन भएको छ । उहाँको ६९ वर्षको उमेरमा बिहान आफ्नै घर ललितपुरको पुल्चोकमा निधन भएको हो।

    नेपाली, अङ्ग्रेजी, हिन्दी गीत सङ्गीतका ज्ञाता माइक खड्काले शास्त्रीय गायक रङ्गराव कादम्बरीबाट सङ्गीत सिक्नु भएको थियो।

    उहाँले गायक ओमविक्रम विष्ट, अरुण थापा, दिव्य खालिङसित साङ्गीतिक सहकार्य गरेका थिए । सन् १९५५ जनवरी १४ तारिखमा जावलाखेलमा जन्मिएका खड्का क्लासिक एफएमको निर्देशकसमेत थिए ।

    उहाँले सञ्चालन गरेको कार्यक्रम युवामाझ लोकप्रिय थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । खड्काकी श्रीमती र एक छोरा छन् । 

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ११:१७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij