२०८२ मंसिर ५ गते शुक्रवार
प्रहरी नायव महानिरीक्षक डिआइजी अशोक सिंहले बुधबार राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयमा पुगेर उनले राजीनामा बुझाएका हुन्।
राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेटेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए।
कानुनी परामर्शसमेत गरेका उनलाई कानुनविदले मुद्दा मामिलामा लाग्नुभन्दा राजीनामा दिनु उचित हुने राय दिएपछि यो निर्णय लिएका हुन्।
सिंहको जन्ममिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ।
डिआइजी सिंहविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र देखाई जागिर खाएको भन्दै फागुन ३ गते अख्तियारमा उजुरी परेको थियो।
सिंह नयाँ प्रहरी प्रमुखको दाबेदार हुन्। सिंहले राजीनामा दिएपछि भावी आइजिपीको दौडमा डिआइजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij