Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

बागमती प्रदेश सभा बैठक आज बस्दै, अध्यादेशहरूको प्रतिस्थापन विद्येयकबारे छलफल हुने

बागमती प्रदेश सभा बैठक आज बस्दै, अध्यादेशहरूको प्रतिस्थापन विद्येयकबारे छलफल हुने


  • 2.3K
    Shares

    बागमती प्रदेश सभा बैठक आज बस्दै, अध्यादेशहरूको प्रतिस्थापन विद्येयकबारे छलफल हुने

    बागमती प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बैठक आज दिउँसो २ः१० बजे आव्हान गरिएको छ । बैठकमा अध्यादेशहरूको प्रतिस्थापन विद्येयकबारे छलफल हुने बताइएको छ ।

    नियमानुसार सरकारले जारी गरेका अध्यादेशहरू संसद्मा पेस भएको ६० दिन भित्र प्रतिस्थापनसहित पास गर्नुपर्ने हुन्छ । सरकारले यसअघि कामकाजका लागि ५ वटा अध्यादेशहरू जारी गरेको थियो ।

    उक्त अध्यादेश गत पुस १८ गतेको प्रदेशसभा बैठकमा पेस गरिएको थियो । संसद्मा पेस भएको मितिले फागुन १८ गते ६० दिन पुग्दैछ । गत माघ २६ गते बसेको प्रदेशसभा बैठक बस्न सकेको थिएन ।

    प्रदेशसभाको बैठकमा कार्यसूची तयार पार्न बुधवार आज बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको छ । सो बैठकले प्रदेशसभा बैठकको कार्यसूचीलाई अन्तिम रूप दिनेछ । 

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - १२:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij