Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन


  • 2.1K
    Shares

    मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

    मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो ।

    फागुन १० गते  बैंकिङ समयसम्म आईपीओमा आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडले जनाएको छ।

    कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। 

    यसैगरी ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। 

    सीडीएससीका अनुसार सोमबार साँझसम्म ११ लाख ४४ हजार १२९ आवेदकबाट कुल १ करोड २८ लाख ५९ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ। जुन मागभन्दा ५.६८ गुणा बढी हो। 

    मागभन्दा बढी आवेदन परिसकेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड गरिनेछ। जसमा भाग्यमानी २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन्। तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। 

    यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

    प्रकाशित मिति :फाल्गुण १० २०७९ बुधवार - ११:१८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij