Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माघ महिनामा मात्रै ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

माघ महिनामा मात्रै ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति


  • 2.8K
    Shares

    माघ महिनामा मात्रै ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति

    काठमाडौँ । गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।

    वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् ।

    यो सङ्ख्या पहिलो पटक वैदेशिक रोजगारीमा जान व्यक्तिगत श्रम स्वीकृति लिने, संस्थागत नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको हो । नयाँ श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३९ हजार १२४ जना रहेको छ । जसमा ४ हजार २६६ जना महिला र ३४ हजार ८५८ जना पुरुष रहेको विभागले जनाएको छ । 

    उनीहरू मध्ये सबैभन्दा धेरैले मलेसिया जानका लागि श्रम स्वीकृति लिएका छन् । मलेसिया जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १९ हजार ७८३ जना रहेको छ । 

    यस्तै खाडीको देश कतार जानका लागि १२ हजार ७०४ जनाले, साउदीका लागि १० हजार ५७६ जनाले, युएईका लागि ९ हजार ७७० जनाले, कुवेतका लागि २ हजार ९ सय ९२ जनाले श्रम स्वीकृति लिएका छन् ।

    साइप्रसका लागि ४१७ जनाले, क्रोएसियाका लागि ४७१ जनाले, जापानका लागि ८८२ जनाले, माल्टाका लागि २७० जनाले, पोल्याण्डका लागि ७२० जनाले, पोर्चुगलका लागि ४५ जनाले र रोमानियाका लागि ८०४ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १७:०९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij