Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

डा. सन्दुक रुइतलाई १३ करोडभन्दा बढी रकमसहितको अवार्ड प्रदान

डा. सन्दुक रुइतलाई १३ करोडभन्दा बढी रकमसहितको अवार्ड प्रदान


  • 1.9K
    Shares

    डा. सन्दुक रुइतलाई १३ करोडभन्दा बढी रकमसहितको अवार्ड प्रदान
    images

    डा. सन्दुक रुइतलाई १० लाख डलर अर्थात् १३ करोड रुपैयाँभन्दा बढी रकमसहितको अवार्ड प्रदान गरिएको छ ।

    डा. रुइतले बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित बहाराइनको प्रतिष्ठित इसा अवार्ड पाएका हुन् । यसअघि नै रुइतलाई उक्त अवार्ड दिइने घोषणा गरिएको थियो । आज उक्त अवार्ड हस्तान्तरण गरिएको हो ।

    मानवीय सेवातर्फको विधामा रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । बहराइनका राजा हमाद बिन इसा अल खालिफाले रुइतलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । राजा खालिफाले मानवीय सेवाको काममा रूइतले सबैभन्दा प्रभावकारी र अमूल्य काम गर्दै आएको बताए ।

    मोतियाबिन्दुको उपचारमा सरल विधि विकास गरेकाले डा. रुइतलाई यो अवार्ड प्रदान गर्न लागिएको जनाइएको छ । रुइतले यसअघि सन् २००६ मा एसियाको नोबेल पुरस्कारका रूपमा समेत चिनिने रोमन मेगासेसे अवार्ड पाइसकेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १६:३४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij