Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पोखरा विमानस्थल नजिकै चरासँग जहाज ठोक्किएपछि...

पोखरा विमानस्थल नजिकै चरासँग जहाज ठोक्किएपछि...


  • 1.9K
    Shares

    पोखरा विमानस्थल नजिकै चरासँग जहाज ठोक्किएपछि...
    images

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला जहाज चरासँग ठोक्किन पुगेको छ । बुद्ध एयरको जहाज विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्किएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    फेसबुकमा ‘इस्यू ब्रो’ नामक प्रयोगकर्ताले यो भिडियो अपलोड गरेका छन् । उनले भिडियोमा उल्लेख गरेजस्तै पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुने गरेको छ । यसले उडान सुरक्षालाई चुनौती दिइरहेको छ ।

    भिडियोमा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्, ‘प्लेन खस्नु भन्दा त चिल नै खसेको ठिक हो नी ।’ केही प्रयोगकर्ताले पोखरा महानरगपालिकाका मेयर धनराज आचार्यलाई मेन्सन गर्दै फोहोर व्यवस्थित बनाउन जोड दिन अनुरोध गरेका छन् ।

    बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले आफूले पनि यो भिडियो सामाजिक सञ्जालमा देखेको भन्दै यसलाई गम्भीर रुपमा लिनु पर्ने बताए । ‘चराको यति बाक्लो गतिविधि हवाई सुरक्षालाई चुनौती हो,’ उनले भने, ‘यसलाई गम्भीर रुपमा लिनुपर्छ ।’

    https://www.facebook.com/100001266646918/videos/1948393818844147/

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १४:०८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij