Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

माछापाेखरी घटना: डीसपीद्वय विष्ट र बमलाई विभागीय कारबाही गर्न सिफारिस

माछापाेखरी घटना: डीसपीद्वय विष्ट र बमलाई विभागीय कारबाही गर्न सिफारिस


  • 2.0K
    Shares

    माछापाेखरी घटना: डीसपीद्वय विष्ट र बमलाई विभागीय कारबाही गर्न सिफारिस
    images

    काठमाडौं । गत फगुन १ मा बालाजुस्थित माछापाेखरीमा भएकाे  प्रदर्शन तथा लोत्से मलमा भएको चोरी प्रकरणमा समयमा कमाण्ड सम्हाल्न नसक्दा बालाजु र सोह्रखुट्टेका तत्कालिन डिएसपीलाई कारवाही सिफारिस गरिएको छ ।

    घटनासम्बन्धी छानविन गर्न बनेको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ । समितिका एक सदस्यका अनुसार प्रहरी परिसर छेवैमा घटना हुँदा कमण्ड सम्हाल्न नसक्दा बालाजु प्रहरी परिसरका तत्कालिन डिएसपी रबिन विष्ट र सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारवाहीको लागि सिफारिस गरिएको छ ।

    डिआइजी मसाउद अलाम खाँको नेतृत्वमा गठन गरिएको समितिले घटनामा मुख्य कमजोरी दुई डिएसपी भएको औंल्याउँदै कारवाही सिफारिस गरेको हो ।

    समितिमा उत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसरका काठमाडौंका एसपी रिताराम रिजालसहित पाँचजना थिए ।

    त्यस्तै चोरीमा संलग्न ६१ जनालाई प्रहरीले पक्राउ गरिसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पक्राउ परेका अभियुक्तलाई म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।

    ट्राफिक नियम उल्लंघनको जरिवाना रकमको विरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले मलको सटरसमेत फोडेर लुटपाट मच्चाउनुसँगै आन्दोलनमा प्रहरी पोष्टसहि दुईवटा भ्यान जलाएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - १३:४०:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij