२०८२ मंसिर ५ गते शुक्रवार
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा आइपुगेकी छन्।
यहाँस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।
३५ करोड लागतमा निर्माण गरिएको ७० बेडको उक्त भवनको उद्घाटन समारोह अस्पतालस्थित प्राङ्गणमा आयोजना गरिएको छ।उक्त समारोहलाई राष्ट्रपति भण्डारीले केही समयपछि सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij