Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सेल्सवेरी ९ औँ वर्षमा प्रवेश, वार्षिक उत्सवका आकर्षक अफर के-के छन् ?

सेल्सवेरी ९ औँ वर्षमा प्रवेश, वार्षिक उत्सवका आकर्षक अफर के-के छन् ?


  • 2.1K
    Shares

    सेल्सवेरी ९ औँ वर्षमा प्रवेश, वार्षिक उत्सवका आकर्षक अफर के-के छन् ?
    images

    सेल्सवेरी ८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा सेल्सवेरीले आकर्षक छुट योजना सार्वजनिक गरेको छ। फागुन ३ गतेदेखि सुरू भएको उक्त छुट योजना २० फागुनसम्म सञ्चालन हुने कम्पनीको भनाइ छ।

    गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा तथा उचित मूल्यलाई सधैँ प्राथमिकतामा राखेर व्यवसाय गरिरहेको सेलवेजको औपचारिक स्थापना २०५० सालमा पोखराको चिप्लेढुंगामा भएका थियो।

    पहिलो स्टोरबाट ग्राहक माझ छिट्टै लोकप्रियता कमाएपछि सेलवेजले पोखराका लेकसाइडमा शाखा विस्तार गरेको थियो।

    पोखराका विभिन्न ठाउँहरूमा शाखा विस्तार गरी अत्याधुनिक सेवा प्रवाह गरी ग्राहकहरूलाई आधुनिक सपिङको आभास दिइरहेको सेलवेज अहिले सम्पूर्ण पोखरेली तथा पोखरा भित्रिने पर्यटकका समेत गन्तव्य बनिरहेको कम्पनीले जनाएको छ।

    सेलवेजले २०६० सालमा ललितपुरको जावलाखेलमा शाखा विस्तार गरी काठमाडौँ उपत्यकामा समेत प्रवेश गरेको थियो।

    यसै क्रममा सेलवेज ग्रुपले २०७० सालदेखि सेल्सवेरी ब्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सवेरीका २९ वटाशाखा विस्तार भइसकेका छन्। जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन्। 

    हाल ६०० जनालाई प्रत्यक्ष राजगारी दिइरहेको कम्पनीको भनाइ छ। आगामी २०८० सालमा पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तार गर्ने तयारी रहेको समेत कम्पनीले बताएको छ।

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - ११:५१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij