Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

गोरखामा भएको सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष पहिलो

गोरखामा भएको सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष पहिलो


  • 1.7K
    Shares

    गोरखामा भएको सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगितामा आशिष पहिलो
    images

    गोरखामा ढिलो गरि मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ । लियो क्लव अफ गोरखाको ३५ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा बाईक चलाउने प्रतियोगिता आज सम्पन्न भएको हो ।

    तिब्र गति जिबनको क्षति भन्ने मुख्य उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको क्लवका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । प्रतियोगीतामा आशिष कुमार भट्ट प्रथम भए ।

    त्यस्तै जित बहादुर थापा द्वितीय र किशोर डिस्वाल तृतीय भएको उनले बताए । प्रतियोगीतामा क्रमस: प्रथम हुनेलाई ट्रफि, एउटा फुल हेलमेट र मेडल, द्वितीय हुनेलाई एउटा फुल हेलमेट र मेडल, र तृतीय हुनेलाई एउटा हाप हेलमेट, बाईक कभर, मेडल र बिजेता सबैजनालाई प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

    क्लवका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षतामा भएको कार्यक्रममा लियो एड्भाईजर लायन श्यामबाबु श्रेष्ठ , जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख बेदनाथ भण्डारी, अयोध्या जोशि, यम बसेल र लियो पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १५:१२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij