Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित

सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित


  • 2.4K
    Shares

    सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित
    images

    बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको काठमाडौँ जिल्ला अदालतको पेशी सोमबार पुनः स्थगित भएको छ।

    न्यायाधीश उपस्थित हुन नसकेपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए।

    सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो। उनको मुद्दा नवौं नम्बरमा रहेको भए पनि न्यायाधीश अनुपस्थित रहने भएपछि पेशी स्थगित भएको हो।

    सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो।

    सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै उनी अहिले राष्ट्रिय टिमबाट क्रिकेट खेलिरहेका छन्।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १४:५९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij