Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

वार्षिकोत्सवका अवसरमा सेल्सबेरीले ल्यायो छुट अफर

वार्षिकोत्सवका अवसरमा सेल्सबेरीले ल्यायो छुट अफर


  • 2.5K
    Shares

    वार्षिकोत्सवका अवसरमा सेल्सबेरीले ल्यायो छुट अफर
    images

    सेल्सबेरीले स्थापनाको आठौं वर्ष पूरा गरी नवौं वर्षमा लागेको अवसरमा छुट योजना ल्याएको छ । यो अवसरमा ग्राहकले सेल्सबेरीका स्टोरहरुबाट आकर्षक छुटमा सामान पाउने कम्पनीले जनाएको छ । सेल्सबेरीका अनुसार फागुन ३ गतेदेखि सुरू भएको छुट अफर २० गतेसम्म रहनेछ । 

    वार्षिकोत्सवका असरमा कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा तथा उचित मूल्यलाई सधैं प्राथमिकतामा राखेर सेल्सबेरीले व्यवसाय गर्नेछ ।’ २०५० सालमा पोखराका चिप्लेढुङ्गामा स्थापना भएको सेल्वेजले पछि लेकसाइडमा शाखा विस्तार गरेको थियो ।

    पोखराका विभिन्न ठाउँहरूमा आधुनिक सपिङको आभास दिइरहेको सेलवेज अहिले काठमाडौं उपत्यकामा पनि फैलिएको छ । हालसम्म सेल्सबेरीका २९ वटा शाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार छन् । कम्पनीका अनुसार अहिले ६०० जनालाई प्रत्यक्ष रोजगारी पाइरहेका छन् । २०८० मा कम्पनीले पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तारको तयारी गरिएको जनाएको छ ।

    सेल्वेज ग्रुपका अनुसार काठमाडौंको महाराजगन्जमा बनेको अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरको डिपार्टमेन्ट स्टोर आगामी वैशाखबाट सञ्चालनमा ल्याउने तयारी छ । वि.सं. २०८२ सम्म शाखा संख्या ५० पुर्याउने र कम्तिमा १२ सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको कम्पनीले जनाएको छ । सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख बढी भेराइटीका सामाग्री ग्राहकसमक्ष उपलब्ध गराउँदै आएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १४:४८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij