२०८२ मंसिर ५ गते शुक्रवार
सरकारले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने तयारी गरेको छ ।
एआइजी रवीन्द्र धानुक, अरुणकुमार बी.सी, विश्वराज पोखरेल, मुकुन्दराज आचार्य र पूजा सिंह ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि पाँच एआईजी पद खाली छ ।
गृह मन्त्रालयले सोही पदमा पाँच डीआइजीको बढुवा गर्ने तयारी गरेको हो । आईजीपी बढुवाका लागि दर्जनबढी डीआईजी दौडमा रहेका छन् । डीआईजीहरू मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय र मोहनकुमार आचार्य मुख्य प्रतिस्पर्धी हुन् ।
त्यस्तै वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन् ।
अहिले एक नम्बरमा बढुवा भएका डीआईजी वसन्त कुँवर सबैभन्दा बलियो दाबेदार हुन् ।
त्यसपछि टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्याम ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी र भीमप्रसाद ढकाल दाबेदार छन् । खाँ, उपाध्याय र आचार्य भने डीआईजीबाटै बिदा हुने सम्भावना देखिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij