Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ


  • 1.5K
    Shares

    लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले लिए शपथ
    images

    लुम्बिनी प्रदेशममा जनता समाजवादी पार्टीबाट सरकारमा नियुक्त मन्त्री भण्डारीलाल अहिरले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा संविधानको धारा १६८ को उपधारा २ अनुसार कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त गर्दै शपथ ग्रहण गराएका हुन्। यसअघि नियुक्त एमालेका एक मन्त्रीलाई बिना विभागीय बनाएर जसपालाई सरकारमा सहभागी गराइएको हो।

    यसअघि सरकार बिस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो। त्यसमध्यबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो।

    त्यही अनुसार मुख्यमन्त्री गिरिले एमालेका कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाका संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरिएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - १२:०४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij