Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस

टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस


  • 2.2K
    Shares

    टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस
    images

    काठमाडौं । सैनिकमञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औं प्रजातन्त्र दिवस मनाइएको छ ।
    २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

    टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीलगायतको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए ।

    समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ ब्यानर अंकित हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो भने मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र ब्याण्ड प्रस्तुत गरेका थिए ।

    1.jpg

    3.jpg

    4.jpg

    5.jpg

    6.jpg

    प्रकाशित मिति :फाल्गुण ७ २०७९ आइतवार - ११:१७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij