Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

मुग्लिन–नारायणगढ सडकखण्ड अझै १५ दिन बन्द हुने

मुग्लिन–नारायणगढ सडकखण्ड अझै १५ दिन बन्द हुने


  • 2.6K
    Shares

    मुग्लिन–नारायणगढ सडकखण्ड अझै १५ दिन बन्द हुने
    images

    मुग्लिन–नारायणगढ सडकखण्डको पुल निर्माणका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएकोले अझै १५ दिन सडक बन्द हुने भएको छ । गएको पुस ५ देखि सडक दैनिक ४ घण्टा बन्द गरिँदै आएको थियो ।

    उक्त सडकखण्डमा पर्ने चिसेन्जी खोला र तुइनखोलामा पुस ५ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम भइरहेको थियो । अझै केही दिन काम नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजनाले जनाएको छ।

    सडक आयोजनाका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर बाँकी काम पूरा गर्ने तयारी छ । सडक खण्डको कालीखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउने काम भइरहेको छ ।

    यसअघि नै कालीखोला नजिकको भित्ता काट्ने काम सकेर पुल निर्माण सुरु भएको छ । तर, तुइन खोलाको मुग्लिनतर्फको भीर काट्न गाह्रो भइरहेकोले समय थप गरिएको हो । दैनिक ४ घण्टाको दरले बाटो बन्द गरेर दुई महिना काम गर्दा पनि केही प्रतिशत मात्रै काम भएको आयोजनाको भनाइ छ ।

    यो सडकखण्डमा अनक कन्स्ट्रक्सनले पुल निर्माणको काम पाएको छ । पुल बनाउन २०७६ चैत्र १० मा सम्झौता भएको थियो । सडक विस्तार भइसक्दा पनि पुल निर्माण हुन नसक्दा यात्रामा कठिनाइ हुँदै आएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १७:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij