२०८२ मंसिर ५ गते शुक्रवार
एभरेष्ट बैंकले बिभिन्न बैङ्किङ् सेवाहरू प्रदान गर्ने कार्यहरू अटोमेसन गर्नको लागि क्विक फक्स कन्सल्टिङसँग सम्झौता गरेको छ । यसँगै अब दुई कम्पनीबची रोबोटिक प्रोसेस अटोमेशनको यात्रा सुरु भएको हो ।
निरन्तर रूपमा सबल हुन, प्रतिस्पर्धी रहन र ग्राहकहरूलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ अटोमेशनको यात्रा सुरु गरेको एभरेष्ट बैंकले जनाएको छ ।
बैंकले प्रदान गर्ने सेवाहरूमा रहेका अधिकांश प्रक्रियाहरू दोहोरिने, प्रक्रियागत रूपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरू समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरू समेत ढिलो र त्रुटिपूर्ण हुन सक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी छरिएर रहेको १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६० एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैङ्किङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।
यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij