Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ फिर्ता लिने सरकारको निर्णय

संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ फिर्ता लिने सरकारको निर्णय


  • 1.7K
    Shares

    संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयक-२०७९ फिर्ता लिने सरकारको निर्णय
    images

    काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिने निर्णय गरेको छ । 

    शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ लाई आगामी १० गते बस्ने प्रतिनिधि सभाको बैठकबाट फिर्ता लिनेगरी निर्णय भएको बताइन् । 

    तत्कालीन केपी ओली नेतृत्वको सरकारले अगाडि बढाएको उक्त विधेयक विवादमा तानिएको थियो । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १५:५७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij