Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

ओलीको बुई चढेर प्रचण्ड-माधव माथि डण्डा बर्साउन प्रहरी प्रमुख फेरिंदै, यसरी पाक्दैछ खिचडी  

ओलीको बुई चढेर प्रचण्ड-माधव माथि डण्डा बर्साउन प्रहरी प्रमुख फेरिंदै, यसरी पाक्दैछ खिचडी  


  • 7.9K
    Shares

    ओलीको बुई चढेर प्रचण्ड-माधव माथि डण्डा बर्साउन प्रहरी प्रमुख फेरिंदै, यसरी पाक्दैछ खिचडी  
    images

    काठमाडौं । अस्वाभाविक रुपमा फड्को मार्दै आएका एआईजी विश्वराज पोखरेलले फेरी अर्को खेलोमेलो सुरु गरेका छन् । चुनाब अगावै आईजीपी बन्ने उनको खेल ह्वात्तै फस्टाएको छ ।  सर्बेन्द्र खनाल र उनका ब्याचीको अवकाशपछि नेपाल प्रहरीको नेतृत्व तहमा गुटबन्दीको समस्या समाधान भयो । त्यसपछि ठाकुर ज्ञवाली छोटो अवधिका लागि आइजिपी भएकाले यो समस्या देखिएन ।

    गत असारमा प्रहरी महानिरीक्षक बनेका शैलेश थापा क्षेत्रीको नियुक्ति उदाहरणीय भयो । उनको बढुवामा कुनै अस्वस्थ प्रतिस्पर्धा भएन । उनले सामूहिक नेतृत्वको अवधारणअनुसार संगठन चलाए । जसकारण नेतृत्वमा विगतमा जस्तो अनेक चलखेल र दौडधुप हुन पाएन । संगठनको नेतृत्वमा एकता देखियो ।

    तर, केही महिनायता प्रहरीमा फेरि प्रहरी नेतृत्वमा गुटबन्दीको समस्या देखिन थालेको छ । संगठनको चेन अफ कमाण्ड नमानी शक्तिकेन्द्रहरुलाई हात लिएर बढुवा भएका एआइजी विश्वराज पोखरेलका कारण प्रहरीमा यस्तो समस्या देखिएको हो । आफ्नो लागि मन्त्रिपरिषद्बाट दरबन्दी नै थप्न लगाएर गत मंसिरमा उनको बढुवा भएको थियो । उनै पोखरेल अहिले महानिरीक्षक क्षेत्रीलाई हटाउने अभियानमा लागिसकेका छन् । अब वैशाखमा हुने भनिएको चुनावमा प्रहरी नेतृत्वमा आफू आए सहयोग गर्ने भन्दै नेकपाको सत्तारुढ नेताहरुका उनी धाउन थालेका छन् । अहिलेका आइजिपीबाट काम नचल्ने भन्दै प्रहरी महानिरीक्षक र अन्य एआइजीविरुद्ध कुरा लाउँदै दिनहुँ जसो उनी शक्तिकेन्द्र धाउन थालेको स्रोत बताउँछ ।

    यही कारण प्रहरी महानिरीक्षकसँगको उनको दुरी समेत बढेको छ । यही स्वभावका कारण महानिरीक्षक क्षेत्रीले कतिपय महत्वपूर्ण छलफलमा पोखरेललाई नराख्ने गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलको चलखेलमा नियमविपरीत दरबन्दी थपेर उनलाई बढुवा गरिएको थियो । जबकि, संसदीय समितिले बढुवा नगर्न निर्देशन दिएको थियो ।

    आगामी चुनावमा उनले सहयोग गर्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले सबैलाई विश्वासमा पारेर विश्वराजको यसरी बढुवा गराएका थिए । अब चुनाव अघि नै हुने भएपछि चुनावअघि नै आफूलाई महानिरीक्षक बनाउने खेलमा उनी लागेका छन् । संगठनलाई बर्बाद बनाएर आफ्नो एकल स्वार्थपुर्तीमा लागेपछि प्रहरी मुख्यालयमा समेत उनी एक्लिएका छन् ।

    सर्वोच्चको फैसलापछि यो सरकार नरहन सक्ने र नयाँ सरकार बनेपछि आफू महानिरीक्षक हुने सम्भावना कम भएकाले पनि उनले अहिले नै यस्तो दौडधुप गरेका हुन् ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - १२:३४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij