Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल

पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल


  • 1.7K
    Shares

    पुरुषका लागि गर्भ निरोधक चक्की बनाउँदै वैज्ञानिक, मुसामा गरिएको परीक्षण सफल
    images

    वैज्ञानिकहरूले पुरुषका लागि गर्भ निरोधक चक्की उपलब्ध हुनसक्ने सम्भावना बढेको बताएका छन् । मुसामा गरिएको परीक्षणमा अनुसन्धानका क्रममा रहेको औषधिले कम्तीमा दुई घण्टा शुक्रकीटको चाल रोकिदिएको पाइएको वैज्ञानिकहरूले बताएका छन् ।

    दुई घण्टा शुक्रकीटलाई डिम्बसम्म पुग्न नदिन पर्याप्त समय हो । तर, मान्छेमा भने औषधि परीक्षण गरिएको छैन । मान्छेमा परीक्षण गर्नुअघि धेरै चरणहरू पार गर्नुपर्ने हुन्छ ।

    परीक्षण सफल भए पुरुषहरूले यौन सम्पर्क गर्नुभन्दा आधा घण्टाअघि चक्की सेवन गर्नुपर्ने हुन्छ । मुसामा गरिएको परीक्षणमा यो औषधिले तीन घण्टासम्म पूर्ण रूपमा काम गरेको पाइएको छ ।

    औषधिले सम्भोगका क्रममा र सम्भोगपछि तीन घण्टासम्म शुक्रकीटलाई गतिहीन बनाएर काम गरेको पाइएको वैज्ञानिकहरू बताउँछन् । २४ घण्टापछि भने औषधिले पूर्ण रूपमा काम गर्न छाडेको देखिएको छ ।

    वैज्ञानिहरूका अनुसार यस चक्कीमा कुनै प्रकारको हर्मोनको प्रयोग गरिएको हुँदैन । यसले शुक्रकीटको चाललाई रोक्ने काम मात्र गर्छ । यसको प्रयोगबाट कुनै पनि प्रकारको असर नपर्ने वैज्ञानिहरूको दाबी छ । 

    नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित शोधपत्रअनुसार अनुसार मानिसमा परीक्षण सफल भएमा पुरुषहरूले यो औषधि सजिलै प्रयोग गर्न सक्नेछन् । तर, यो औषधिले यौनरोग सर्नबाट भने जोगाउँदैन । (बीबीसीबाट)

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - १२:२९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij