Logo

२०८२ मंसिर ५ गते शुक्रवार

२०८२ मंसिर ५ गते शुक्रवार

बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाटमा संलग्न थप २३ जना पक्राउ

बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाटमा संलग्न थप २३ जना पक्राउ


  • 1.5K
    Shares

    बालाजु-गोङ्गबुमा तोडफोड र लुटपाटमा संलग्न थप २३ जना पक्राउ
    images

    काठमाडौं । बालाजुस्थित माछापोखरीमा प्र्रहरीको गाडीमा आगजनी गर्ने र ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले थप २३ जनालाई पक्राउ गरेको छ । हालसम्म गाडी आगजनी गरेको आरोपमा पक्राउ पर्नेको संख्या २९ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए ।

    मोबाइल लुटेको आरोपमा पक्राउ पर्नेका संख्या ११ पुगेको छ । पक्राउ पर्नेमा लमजुङ घर भएका गणेशकुमार श्रेष्ठ, कास्की घर भएका विक्रम नेपाली, गोरखाका आकाश भुजेल, कास्कीका सुमन श्रेष्ठ, नुवाकोटका सुमन लामा, गोरखाका विजय मगर र नुवाकोट शिवपुरी घर भएका रन्जित कुमार तामाङ छन् ।

    तार्केश्वर घर भएका संगिता खड्गी, नुवाकोटका रवि तामाङ, कैलालीको प्रकाश क्षेत्री, धादिङका ईलाराज गुरुङ, सिन्धुली घर भएका इन्द्र तामाङ र काठमाडौँ घर भएका माधव शाहीलाई पक्राउ गरिएको एसपी रिजालले जानकारी दिए ।

    उदयपुरका राजन रावत, काभ्रेका शरण तामाङ, काभ्रेकै सुजन मगर, बालाजु घर भएका रोमन नगरकोटी, नुवाकोटका सुनील कालिकोटे, नुवाकोटकै सुदिप तामाङ, धादिङका विकास गुरुङ, चितवनका संविधान परियार, नुवाकोटका केश राई र तार्केश्वर घर भएका कविन खड्गीलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ५ २०७९ शुक्रवार - ११:२९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij