Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिनिधिसभा विघटनविरुद्ध रिट अन्तिम किनारा नजिक पुग्दै, निवेदकहरुले आइतबार जवाफ दिने

प्रतिनिधिसभा विघटनविरुद्ध रिट अन्तिम किनारा नजिक पुग्दै, निवेदकहरुले आइतबार जवाफ दिने


  • 5.4K
    Shares

    प्रतिनिधिसभा विघटनविरुद्ध रिट अन्तिम किनारा नजिक पुग्दै, निवेदकहरुले आइतबार जवाफ दिने
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलाशमा सुनुवाई जारी छ । आइतबार रिट निवेदकहरुले रिट निवेदकहरुले जवाफ दिने भएका छन् ।

    निवेदकहरुले जवाफ दिएपछि एमिकस क्युरीका पाँच जनाले आफ्नो राय प्रस्तुत गर्ने छन् । अब सर्वोच्च अदालतको संवैधानिक इजलाशले मुद्दाको अन्तिम किनारा लगाउने अपेक्षा गरिएको छ ।

    बिहिबार कानुन व्यवसायीहरुको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरुले जवाफ दिने प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले बताएका छन् ।

    संबैधानिक इजलासमा बिहिबार प्रधानमन्त्री ओली पक्षका १० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।

    सरकारी पक्षको बहस सकिएपछि अब आइतबारबाट रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिने छन् ।प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट परेका थिए ।

    प्रकाशित मिति :माघ ३० २०७७ शुक्रवार - ११:५५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij